काँग्रेसद्वारा विपक्षी मोर्चाको बैठक आह्वान « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

काँग्रेसद्वारा विपक्षी मोर्चाको बैठक आह्वान


२० माघ २०७९, शुक्रबार


काठमाडौँ । काँग्रेस नेतृत्वको विपक्षी मोर्चाको बैठक बोलाइएको छ । काँग्रेसले शनिवार दिउँसो सिंहदरवारस्थित आफ्नो संसदीय दलको कार्यालयमा विपक्षी मोर्चाको बैठक बोलाएको हो । काँग्रेस सभापति शेरबहादुर देउवाको सचिवालयका अनुसार बैठकमा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको छ ।

राष्ट्रियसभाको उपाध्यक्षको उम्मेदवार चयन र लुम्बिनी प्रदेशमा हुन लागेको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनबारे छलफल हुने छ । बिहीबार बसेको काँग्रेस संसदीय कार्यसमितिको बैठकले राष्ट्रियसभा उपाध्यक्षमा विपक्षी मोर्चाबीच छलफल भएर उम्मेदवारी टुङ्गो लगाउने निर्णय गरेको थियो । माघ २२ गते राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवार दर्ता गर्ने निर्वाचन कार्यपालिका छ भने २३ गते मध्यान्ह १२ बजे निर्वाचन हुनेछ ।

लुम्बिनी प्रदेशमा हुन लागेको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा विपक्षी मोर्चाबाट काँग्रेसले उम्मेदवार खडा गरेको छ । माघ २५ गते हुने निर्वाचनमा काँग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस