पूर्व प्रधानसेनापति कटवाल ४ दिनदेखि आइसियुमा « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

पूर्व प्रधानसेनापति कटवाल ४ दिनदेखि आइसियुमा


२० माघ २०७९, शुक्रबार


काठमाडौँ । पूर्व प्रधानसेनापति रुक्मांगद कटवाल छाउनीस्थित सैनिक अस्पतालको आइसियुमा छन् । मङ्गलवारदेखि कटवाललाई आइसियुमा राखेर उपचार भइरहेको सैनिक प्रवक्ता (सहायक रथी) कृष्णप्रसाद भण्डारीले बताए ।

मिर्गौलाको समस्याका कारण उनले नियमित डायलासीस गराउँदै आएका थिए । डायलासीसको क्रममा भर्ना गर्नुपर्ने देखिएपछि चिकित्सकहरूले उनलाई अस्पतालमै राख्ने निर्णय गरेका थिए । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारले २०६५ मा उनलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । दाहाल सरकारले बर्खास्तको निर्णय गरेपनि तत्कालीन राष्ट्रपति यादवले पुनर्बहाली गरेसँगै उनी सेनाको नेतृत्वमा आएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस