सर्वोच्चमा मुद्दा परेपछि रोकियो चिकित्सा शिक्षा स्नातकोत्तर तहको भर्ना « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सर्वोच्चमा मुद्दा परेपछि रोकियो चिकित्सा शिक्षा स्नातकोत्तर तहको भर्ना


२० माघ २०७९, शुक्रबार


काठमाडौँ । चिकित्सा शिक्षा स्नातकोत्तर तहको कक्षा प्रारम्भ गर्ने कार्यपालिका स्थगन गरिएको छ । म्याचिङ प्रक्रियाका सम्बन्धमा सर्वोच्चमा रिट परेपछि उक्त प्रक्रिया स्थगित गरिएको थियो ।

म्याचिङ प्रक्रिया रोकिएसँगै कक्षा प्रारम्भ गर्ने कार्यपालिका समेत प्रभावित बनेको हो । आयोगले ६ पुस २०७९ मा म्याचिङसम्बन्धी कार्यतालिकाको सूचना प्रकाशित गरेको थियो । सोही आधारमा २२ माघ २०७९ देखि कक्षा प्रारम्भ गर्ने कार्यपालिका थियो । तर, सर्वोच्च अदालतले म्याचिङ प्रक्रिया तत्काल अगाडि नबढाउन भन्दै अन्तरिम आदेश दिएपछि कार्यपालिका प्रभावित भएको चिकित्सा शिक्षा आयोगले जनाएको छ ।

१७ पुसमा सर्वोच्च अदालतले म्याचिङ प्रक्रिया अगाडि नबढाउन अन्तरिम आदेश दिएको थियो । सर्वोच्चमा उक्त विषय हाल विचाराधीन अवस्थामा रहेको भन्दै आयोगले कक्षा प्रारम्भ गर्ने कार्यपालिका स्थगन गरिएको जनाएको हो । सम्बन्धित विश्वविद्यालय तथा प्रतिष्ठानहरूलाई समेत यही सूचनाको आधारमा हाललाई कक्षा प्रारम्भ गर्ने कार्य स्थगन गर्न अनुरोध समेत गरेको छ ।

आयोगले ‘चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षा तथा विद्यार्थी भर्नासम्बन्धी कार्यविधि, २०७९’ संशोधन गरेर चिकित्सा शिक्षा स्नातकोत्तर तहको म्याचिङ गराउँदै आएको थियो । आयोगले कार्यविधि संशोधन गरेर म्याचिङ गराउन थालेको भन्दै सर्वोच्चमा रिट दायर भएको थियो । रिटमा सुनुवाइ गर्दै सर्वोच्चले तत्काल कार्यान्वयन नगर्नरनगराउन भन्दै अन्तरिम आदेश जारी भएको थियो । उक्त अन्तरिम आदेशपछि आयोगले म्याचिङ प्रक्रिया स्थगित गरेको थियो भने आजको मितिसम्म पनि उक्त विषयमा टुङ्गो नलाग्ला कक्षा प्रारम्भ गर्ने कार्यपालिका नै प्रभावित बनेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस