५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दै ग्लोबल आइएमई बैंक « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दै ग्लोबल आइएमई बैंक


२० माघ २०७९, शुक्रबार


काठमाडौँ । ग्लोबल आइएमई बैंकले ५ वर्षे ऋणपत्र जारी गर्ने भएको छ । बैंकले आगामी माघ २९ गतेदेखि फागुन ३ गतेसम्म ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको हो । उक्त ऋणपत्रमा अधिकतम ११.२५ प्रतिशत ब्याजदर प्रदान गरिने बैंकले जनाएको छ । उक्त प्रस्तावित ब्याजदर अहिले बैंकहरूले मुद्दतीमा दिइरहेको भन्दा धेरै ब्याजदर हो ।

यसअघि ऋणपत्र जारी गरेका बैंकहरूले ब्याज दर केही घटाएका थिए । तर बचतकर्तालाई आकर्षित गर्न ग्लोबल आइएमई बैंकले थप ब्याजदर अफर गरेको हो । माघ २९ जारी हुने १००० रुपैयाँ अङ्कित दरका ऋणपत्रमा इच्छुक लगानीकर्ताले कम्तीमा २५ र अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

सर्वसाधारण नेपालीलाई बैंकले कुल १९ लाख ३० हजार कित्ता छुट्याएको छ । यसबाहेक बैंकले सामूहिक लगानी कोषलाई ७० हजार कित्ता बिक्री गरिसकेको छ । बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस