काठमाडौँ । नेपाल चिकित्सक सङ्घको निर्वाचन आजदेखि उपत्यकामा सुरु भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठान मतदान केन्द्रमा सङ्घको २९ औँ केन्द्रीय कार्यकारिणी समितिका लागि निर्वाचन हुँदैछ । आजदेखि उपत्यकामा माघ २१ गतेसम्म निर्वाचन हुनेछ ।
माघ ६ र ७ गते सङ्घका १६ वटा शाखा कार्यालयमा निर्वाचन भइसकेको छ । सङ्घको अध्यक्षका लागि पेसागत समावेशी समूह डा।सन्तोष पौडेलको समूह, लोकतान्त्रिकबाट डा. अनिलविक्रम कार्कीको समूह र स्वतन्त्र समूहबाट डा.शिवजी सिलवालले निर्वाचनमा उम्मेदवारी दिएका हुन् ।