एन्फा अध्यक्ष नेम्वाङ एएफसीको कार्यसमिति सदस्यमा निर्वाचित « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

एन्फा अध्यक्ष नेम्वाङ एएफसीको कार्यसमिति सदस्यमा निर्वाचित


१८ माघ २०७९, बुधबार


काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङ एसियाली फुटबल महासङ्घ (एएफसी) को कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् ।

बहराइनमा बुधबार भएको एएफसीको ३३ औँ चुनावी काँग्रेसबाट नेम्वाङ कार्यसमिति सदस्यमा निर्वाचित भएका हुन् ।

नेम्वाङ साउथ जोनबाट चार वर्षे कार्यकालका लागि कार्यसमिति सदस्य निर्वाचित भएका हुन् ।

एएफसीको अध्यक्षमा पुनः शेख सलमान विन अब्राहिम अल खालिफा निर्वाचित भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस