कपिलवस्तुमा ११ क्विन्टल अखाद्य मह नष्ट « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कपिलवस्तुमा ११ क्विन्टल अखाद्य मह नष्ट


१७ माघ २०७९, मंगलबार


काठमाडौँ । कपिलवस्तुको चन्द्रौटास्थित वडा प्रहरी कार्यालयले बरामद गरेको ११ क्विन्टल ४० किलो अखाद्य मह नष्ट गरेको छ । 

प्रहरीले उक्त अखाद्य मह शिवराज नगरपालिका-३ बाट बरामद गरी नष्ट गरेको हो । 

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजङ्ग शाहीका अनुसार सो परिमाणको मह ७६ डिब्बामा बेच्नका लागि अन्यत्र पठाउन लागिएको अवस्थामा बरामद गरिएको हो । 

विभिन्न हानिकारक तत्त्व मिसाएर बनाइएको सो महको बजार मूल्य रु. दुई लाख ८५ हजार रहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस