श्रमिकको गुनासो सुन्न २४ घण्टे श्रम सहायता केन्द्र स्थापना « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

श्रमिकको गुनासो सुन्न २४ घण्टे श्रम सहायता केन्द्र स्थापना


१७ माघ २०७९, मंगलबार


काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कल सेन्टरलाई थप व्यवस्थित गर्दै ‘समाधान: २४ घण्टे श्रम सहायता केन्द्र’को शुभारम्भ गरेको छ ।

मङ्गलवार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रमिकको गुनासोलाई सुन्न र समाधान गर्नका लागि २४ घण्टे श्रम सहायता केन्द्र बनाइएको जानकारी दिए । 

उनले श्रम सहायता केन्द्रमा आएका सबै गुनासोहरूलाई सरकारले समाधान गर्ने गरी काम सुरु गरिएको बताए ।

मन्त्री अर्यालले ६ महिनाभित्र श्रमाधान मोबाइल एप सञ्चालन गर्ने र श्रमसम्बन्धी सम्पूर्ण कार्यहरूको टाइम कार्ड लागु गरिने जानकारी दिए । त्यस्तै, उनले अशक्तहरूलाई सिंहदरवार प्रवेश गर्दा ट्याक्सी लैजान सक्ने व्यवस्था गरिएको बताए । 

त्रिभुवन विमानस्थलको अध्यागमनमा विदेश जाने सबै नेपालीको लागि एउटै लाइनको पनि व्यवस्था भएको उनको भनाइ छ । यसले गर्दा वैदेशिक रोजगारमा जानेहरूले काठमाडौँ विमानस्थलमै अपहेलित महसुस गर्न नपर्ने मन्त्री अर्यालले बताए ।

पत्रकार सम्मेलनमा मन्त्री अर्यालले वैदेशिक रोजगारीका क्रममा विदेशका जेलमा परेका नेपालीहरूको आवश्यक तथ्याङ्क सङ्कलन हुन थालेको भन्दै उद्धारका लागि आवश्यक पहल गर्न निर्देशनसमेत दिइसकेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस