त्रिशूली अस्पतालमा जनआन्दोलनका घाइतेको नि:शुल्क उपचार « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

त्रिशूली अस्पतालमा जनआन्दोलनका घाइतेको नि:शुल्क उपचार


१७ माघ २०७९, मंगलबार


त्रिशूली । त्रिशूली अस्पताल नुवाकोटले जनआन्दोलनका घाइतेको उपचार नि:शुल्क गर्ने भएको छ ।

त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा दीपेन्द्र पाण्डेको अनुसार अस्पतालमा हुने उपचारसहित सबै किसिमको सेवा यस साताबाट निःशुल्क थालिएको हो । उनको अनुसार बागमती प्रदेश सरकारको सहयोगमा ‘जनआन्दोलनका घाइते’का लागि अस्पतालबाट उपलब्ध रहेको सेवा प्रवाह गर्न प्राप्त निर्देशानुसार त्रिशूली अस्पतालले उक्त कार्यक्रम सञ्चालन गरेको छ ।

‘जनआन्दोलनका क्रममा घाइते भएका व्यक्तिका लागि सरकारले उपलब्ध गराएको परिचयपत्रका आधारमा अस्पतालबाट उपलब्ध सेवा निःशुल्क गर्न थालिएको छ ।’ मेसु डा.पाण्डेले भने, ‘घाइते भएकाहरूको बल्झिएको व्यथा मात्र होइन, उनीहरूको स्वास्थ्यमा देखिएका समस्या अस्पतालबाट उपलब्ध सेवा निःशुल्क प्राप्त गर्न सक्नेछन् ।’

त्रिशूली अस्पतालमा यसअघिदेखि नै ज्येष्ठ नागरिक र आर्थिकरूपमा विपन्न भएकालाई सामाजिक सेवा एकाइको सिफारिसमा नि:शुल्क उपचार पुर्‍याउँदै आइरहेको छ । ‘अस्पतालको गुणस्तर सुधारका लागि न्यूनतम सेवा मापदण्ड’मा देशभरकै पहिलो बनेको उक्त अस्पतालमा उच्चस्तरीय प्रविधिका सहयोगमा विशेषज्ञसहितको सेवा उपलब्ध छ ।

Tags :
प्रतिक्रिया दिनुहोस