एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई आर्थिक संकटबारे ज्ञापन पत्र बुझाउने « प्रशासन
Logo १ बैशाख २०८१, शनिबार
   

एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई आर्थिक संकटबारे ज्ञापन पत्र बुझाउने


१७ माघ २०७९, मंगलबार


काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले देशको आर्थिक संकटबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाउने भएको छ ।

आज (मंगलबार) बिहान ९ बजे एकीकृत समाजवादीका अध्यक्ष नेपालको नेतृत्वमा रहने प्रतिनिधि मण्डलले मुलुकको पछिल्लो आर्थिक संकटबारे प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउन लागेको हो ।

चरम आर्थिक सङ्कट परेको, बैंकको ब्याजदरमा असमान वृद्धि हुँदा सर्वसाधारणलाई समस्या परेको, निर्यातको दाँजोमा आयत बढी हुँदा देश आर्थिक अवस्था नाजुक हुँदै गएको भन्दै नेकपा एसले ज्ञापन पत्र बुझाउन लागेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस