निहारिकाले जिल्ला अदालतमा दिइन् ‘श्रीमान्’विरुद्ध अंश मुद्दा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

निहारिकाले जिल्ला अदालतमा दिइन् ‘श्रीमान्’विरुद्ध अंश मुद्दा


१६ माघ २०७९, सोमबार


काठमाडौँ । सोनाली कुमारी सिंह अर्थात् निहारिका राजपूत प्रकरणमा नयाँ ट्वीस्ट आएको छ । आइतबार निहारिकाले धनुषा जिल्ला अदालतमा अंश मुद्दा दिएसँगै नयाँ ट्वीस्ट आएको हो ।

धनुषा जिल्ला अदालतका श्रेष्तेदार विकास बस्नेतका अनुसार निहारिकाले आइतबार मात्रै आफ्ना श्रीमानले हेरविचार नगरेको भन्दै अंश मुद्दा दर्ता गराएकी हुन् । निहारिकाले दर्ता गराएको मुद्दामा श्रीमान् शिवराज श्रेष्ठले मदिरा सेवन गरी कुटपिट गर्ने गरेको र आफ्नो हेरचाह नगरेको आरोप लगाएकी छिन् ।

निहारिकाले आइतबार धनुषा जिल्ला अदालतमा मुद्दा दर्ता गराएकी हुन् । जिल्ला अदालतले एक सातापछिको तारेख दिए पनि निहारिकाले उच्च अदालतमा पेसीको मिति आउनु अगावै सबै प्रक्रिया पूरा गर्ने भन्दै सोमबारकै लागि प्रतिउत्तरको समय माग गरेकी छिन् । सोही अनुसार माघ १६ गते सोमबार नै आरोपित शिवराज श्रेष्ठले त्यसको प्रतिउत्तर दिने तयारी गरेका छन् ।

हालको कानुनले स्पष्टरुपमा नाता कायमका लागि मुद्दा लैजाने बारे नतोकेकाले निहारिकाले नाता कायम गराउनका लागि अंश दाबी गरेकी हुन् ।

अंश दाबी गर्दै मुद्दा दिएपछि अब धनुषा जिल्ला अदालतमा प्रतिउत्तर दर्ता भएपछि दुवै पक्षलाई मेलमिलापका लागि समय दिनेछ । उनीहरुबीच मेलमिलाप भएमा श्रीमान् श्रीमतीको नाता कायम गरी दर्ताका लागि सम्बन्धित पालिकाको वडा कार्यालयमा पठाइने छ ।

सोनाली कुमारी सिंहले शिवराज श्रेष्ठविरुद्ध धनुषा जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा दायर गरेकी थिइन् । प्रेमी–प्रेमिका रहेकै समयमा यौन सम्बन्ध हुँदा सोनाली गर्भवती भएपछि उनीहरुबीच मनमुटाब भएको थियो । सोनालीले तत्कालै श्रीमती बनाएर घर लैजान दबाब दिए पनि हजुरबुवाको निधन भएको कारण तत्कालै विवाह गर्न नसक्ने बताएपछि सोनालीले धनुषा जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा दर्ता गराएकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस