प्रदेशमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम लागू गर्छौँ : मन्त्री दुलाल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रदेशमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम लागू गर्छौँ : मन्त्री दुलाल


१६ माघ २०७९, सोमबार


सिन्धुपाल्चोक । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले प्रदेशका सबै माध्यामिक विद्यालयमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम लागू गर्ने बताएका छन् ।

मन्त्री भएपछि पहिलो पटक आइतबार सिन्धुपाल्चोक आएका उनले उक्त कार्यक्रम विद्यालयमा प्रभावकारी देखिएको भन्दै सबै माध्यामिक विद्यालयमा लागू गर्ने बताए ।

चौतारा साँगाचोकगढी नगरपालिका १४ स्थित डडुवाको श्री डडुवा भवानी शङ्कर माध्यामिक विद्यालयको ६२औँ वार्षिकोत्सवका बोल्दै मन्त्री दुलालले विद्यार्थीको स्वास्थ्यका लागि कार्यक्रम आवश्यक भएको बताए ।

आफू सामाजिक विकास मन्त्री हुँदा कार्यक्रम सुरुआत गरिएको भन्दै उनले यसले आगामी आर्थिक वर्षको प्रादेशिक नीति तथा कार्यक्रममा उल्लेख गरी प्रत्येक माध्यामिक विद्यालयमा नर्स व्यवस्थापन गर्ने तयारी रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस