काँग्रेसले पुनः थप्यो अन्तरघातीको सूची पठाउने म्याद « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

काँग्रेसले पुनः थप्यो अन्तरघातीको सूची पठाउने म्याद


१५ माघ २०७९, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसले गत आम निर्वाचनका अन्तरघातीलाई कारबाहीका लागि सिफारिस गर्ने समय पुनः थप गरेको छ ।

काँग्रेस केन्द्रीय अनुशासन समितिले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गर्ने नेता कार्यकर्ताको सूची यही माघ १५ गतेसम्म केन्द्रमा पठाउन निर्देशन दिएको थियो ।

मातहतका समितिबाट म्याद थपका लागि सिफारिस आएपछि अनुशासन समितिले माघ मसान्तसम्मका लागि म्याद थपेको काँग्रेस सचिव प्रेम केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसअघि काँग्रेसले पुस १५ मा आफ्ना र गठबन्धनका अन्तरघातीको सूची केन्द्रमा पठाउन भनेको थियो । पुस १० गठबन्धन भत्किएपछि काँग्रेसले पार्टीका उम्मेदवारलाई असहयोग गर्नेको मात्र सूची पठाउन भनेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस