राप्रपाको पार्टी कार्यालयबाट चोरी भयो टिभी  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राप्रपाको पार्टी कार्यालयबाट चोरी भयो टिभी 


१५ माघ २०७९, आइतबार


काठमाडौँ। भक्तपुरको सल्लाघारीस्थित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल भक्तपुर जिल्ला पार्टी कार्यालयबाट शनिबार राति चोरी भएको छ । पार्टी कार्यालयबाट सीजी कम्पनीको ३२ इन्चको टिभी एक थान चोरी भएको भक्तपुर प्रहरीले जनाएको छ । 

भक्तपुर नगरपालिका वडा नम्बर १ सल्लाघारी कटुञ्जे चोकस्थित बलराम थापाको तीनतल्ले घरको दोस्रो तल्लामा रहेका तीन वटा कोठाको ताला फोडेर चोरी भएको परिसरका प्रमुख एसपी प्रजित केसीले जनाए । उनका अनुसार रातको समयमा मूल ढोका खुल्ला रहेको थियो ।

उक्त स्थानमा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी निरीक्षक सुन्दर चौलागाईको कमाण्डमा टोली खटिई अनुसन्धान भएको जनाइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस