लाइसेन्स परीक्षामा ४७.२१ प्रतिशत उत्तीर्ण « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

लाइसेन्स परीक्षामा ४७.२१ प्रतिशत उत्तीर्ण


१५ माघ २०७९, आइतबार


काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षाको नतिजा आएको छ । 

काउन्सिलमा चिकित्सक नाम दर्ता लाइसेन्स परीक्षामा ४७.२१ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन् । 

माघ १२ देखि १५ गतेसम्म भएको परीक्षामा मेडिकलतर्फ ४७.११ र डेन्टलतर्फ ४७.६० प्रतिशत उत्तीर्ण भएको काउन्सिलले जनाएको छ । 

परीक्षामा दुई हजार ३११ परीक्षार्थी सहभागी थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस