संसद्का सिटमा सांसदको नाम लेख्ने प्रस्ताव « प्रशासन
Logo १० चैत्र २०७९, शुक्रबार
   

संसद्का सिटमा सांसदको नाम लेख्ने प्रस्ताव


१५ माघ २०७९, आइतबार


काठमाडौँ । प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको बैठकमा प्रत्येक सांसदको सिटमा नाम (नेम प्लेट) राख्ने प्रस्ताव प्रस्तुत भएको छ ।

आइतबार सिंहदरवारमा बसेको मस्यौदा समितिको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले यस्तो प्रस्ताव राखेका हुन् ।

हाजिर गर्ने र हिँड्ने माननीयलाई रोक्न पनि यो आवश्यक रहेको उनको भनाई छ । 

सांसदको नाम कुर्सीमा लेख्दा हाजिर गरेर हिँड्ने तथा बैठकमा अनुपस्थित हुनेको नाम जनताले थाहा पाउने हुँदा त्यो सार्वजनिक जबाफदेहिताको विषय बन्ने उनको दाबी छ । 

नेम प्लेट राखिदिएपछि सांसदहरु सबै भत्ता खान मात्रै संसद भवन जान्छन भन्ने सोलोडोलो बुझाइ पनि खण्डित हुने शाही बताउँछन् । 

Tags :
प्रतिक्रिया दिनुहोस