मुलुकलाई राजनीतिक अस्थिरताको दुष्चक्रमा फसाउने कोसिस : पोखरेल « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

मुलुकलाई राजनीतिक अस्थिरताको दुष्चक्रमा फसाउने कोसिस : पोखरेल


१४ माघ २०७९, शनिबार


काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मुलुकलाई राजनीतिक अस्थिरताको दुष्चक्रमा फसाउने कोसिस भइरहेको टिप्पणी गरेका छन्।

सर्वोच्च अदालतको आदेशबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको पद खारेज भएलगत्तै उनको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो।

एमालेद्वारा शनिबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘शहीद स्मृति कार्यक्रम’मा बोल्दै उनले मुलुकमा देखापरेको राजनीतिक अस्थिरताको खेललाई सही बाटोमा अघि बढाउन आफ्नो पार्टी दृढ संकल्पित रहेकोसमेत बताए।

महासचिव पोखरेलले नेपाली राजनीतिमा देखा परेका पछिल्लो राजनीतिक परिस्थितिप्रति आफ्नो पार्टी गम्भीर रहेको उल्लेख गर्दौ त्यसलाई सफलतापूर्वक सामना गरेर अघि बढने दाबी गरेका छन्।

उनले भने, ‘राजनीतिक अस्थिरताको दुष्चक्र कायम गर्ने जुन कोसिस गरिएको छ। अहिले नेपाली राजनीतिमा जुन प्रकारका अस्थिरताका खेलहरु भइरहेका छन्। नेकपा एमाले त्यसप्रति अन्त्यन्त गम्भीर छ। र, सचेततापूर्वक त्यसलाई सही बाटोमा अघि बढाउनका लागि दृढ संकल्पित रहेको कुरा यहाँ उल्लेख गर्दछु।’

महासचिव पोखरेलले एमालेले शहीदहरुको सम्मानमा कमी आउन नदिने गरी मुलुकलाई अघि बढाउने प्रयास गरिरहेको पनि बताएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस