रवि लामिछानेको पक्षमा माइतीघरमा प्रदर्शन « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

रवि लामिछानेको पक्षमा माइतीघरमा प्रदर्शन


१४ माघ २०७९, शनिबार


काठमाडौँ । सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेपछि प्रदर्शन गरिएको छ ।

शनिबार काठमाडौँको माइतीघरमा समर्थकले उनका पक्षमा प्रदर्शन गरेका हुन् ।

देश बनाउने अभियानमा लागेका कारण ‘लामिछानेलाई फसाइएको’ उनीहरूको आरोप छ । प्रदर्शनकारीले प्रशासनको विरोधमा समेत नाराबाजी गरेका थिए ।

सर्वोच्चको संवैधानिक इजलासले शुक्रबार नागरिकतासम्बन्धी मुद्दामा उनी सांसद पदमा रहन अयोग्य रहेको आदेश गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस