पूर्वी जेरुसेलममा गोलाबारी, सात जनाको मृत्यु, तीन घाइते « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

पूर्वी जेरुसेलममा गोलाबारी, सात जनाको मृत्यु, तीन घाइते


१४ माघ २०७९, शनिबार


जेरुसेलम । पूर्वी जेरुसेलमको एक सिनेगोग (यहुदीहरूको प्रार्थनास्थल) मा भएको गोलाबारीमा सात जनाको मृत्यु भएको छ । पछिल्ला केही वर्षयताको यो सबैभन्दा ठूलो घटना हो । घटनामा कम्तीमा तीन जना घाइते भएका छन्।

घटना स्थानीय समय अनुसार बेलुका ८:१५ बजे सहरको नेभ याकोभ क्षेत्रमा भएको हो। आक्रमणकारीलाई ‘आतङ्कवादी’ भन्दै प्रहरीले उनको पनि मृत्यु भएको बताएको छ । स्थानीय सञ्चारमाध्यमले आक्रमणकारी पूर्वी जेरुसेलमका प्यालेस्टाइनी भएको बताएका छन् ।

इजरायली पुलिस कमिश्नर कोबी शाबताईले यसलाई हालका वर्षहरूमा सबैभन्दा खराब आक्रमणहरू मध्ये एक भएको बताए । इजरायलका यहुदीहरू यहुदी शब्बाथको अवसरमा पूर्वी जेरुसेलमको यहुदी बस्तीमा रहेको एउटा सभा घरमा प्रार्थना गर्न भेला भएको बताइएको छ।

यहुदीहरूले जर्मनीमा नाजी शासनकालमा हलोकास्टमा मारिएका करिब ६० लाख यहुदी र अन्य पीडितहरूको सम्झनामा ‘होलोकास्ट मेमोरियल डेु मनाउँछन्। मानिसहरू सभा घरमा मारिएकाहरूलाई सम्झन आएका थिए। त्यहाँ जम्मा भएका मानिसहरू बाहिरिने क्रममा आक्रमणकारीले गोली प्रहार गरेका थिए । आक्रमणपछि अधिकारीहरूले आक्रमणकारीलाई गोली हानेको प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस