२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतसँगको पहिलो टी-२० क्रिकेटमा न्युजिल्याण्ड विजयी

अ+ अ-

काठमाडौँ । न्युजिल्याण्डले घरेलु टोली भारतलाई पहिलो टी-२० अन्तर्राष्ट्रियमा २१ रनले पराजित गरेको छ।

जितसँगै न्युजिल्याण्डले तीन खेलको सिरिजमा एक शून्यको अग्रता बनाएको छ।

जितको लागि १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन मात्र बनाउन सक्यो। उसका लागि तल्लो क्रमका ब्याटर वासिन्टन सुन्दरले २८ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ५० रन बनाए। सूर्यकुमार यादवले ३४ बलमा ६ चौका र २ छक्कासहित ४७ रन बनाउँदा अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।

माथिल्लो क्रमका तीन ब्याटर शुभमन गिल ७ र इशान किसन ४ रनमा पभेलियन फर्किँदा राहुल त्रिपाठी डक आउट भए। कप्तान हार्दिक पान्ड्या २१, दीपक हुडा १०, शिवम माभी २ र कुलदीप यादव शून्यमा आउट भए।

न्युजिल्यान्डका माइकल ब्रेसवेल र मिचेल सान्टनार २ विकेट लिए। लोकी फर्गुसन, जकोब डफी र ईश सोधीले एक एक विकेट हात पारे।

त्यसअघि राँचीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७६ रन बनाएको थियो।

उसका लागि डेभोन कनवे र डरेल मिचेलले अर्धशतकीय पारी खेले। मध्यक्रमका ब्याटर डर्याल मिचेल ३० बलमा ३ चौका र ५ छक्कासहित ५९ रनको अविजित इनिङ खेल्दा कनवेले ३५ बलमा ५२ रन बनाए।

ओपनर फिन एलेन ३५ रनमा आउट भएका थिए। मार्क च्यापमनले खाता खोल्न सकेनन्। ग्लेन फिलिप्स १७ रनमा मैदान बाहिरिए।

भारतका लागि वासिङटन सुन्दरले दुई विकेट लिए। कुलदिप यादव, शिभम माभी र अर्शदिपले एक/एक विकेट बाँडे।

यसअघि भएको ओडीआई सिरिज गुमाएको न्युजिल्यान्ड भारत विरुद्ध टी-२० जित्दै पुनरागमनको प्रयासमा छ। दोस्रो खेल भोलि लखनउमा हुनेछ।

प्रतिक्रिया दिनुहोस