आर्सनललाई हराउँदै सिटी पाँचौं चरणमा प्रवेश « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आर्सनललाई हराउँदै सिटी पाँचौं चरणमा प्रवेश


१४ माघ २०७९, शनिबार


काठमाडौँ । म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ ।

शुक्रबार राति भएको खेलमा आर्सनललाई १-० गोल अन्तरले हराउँदै सिटीले पाँचौं चरणको यात्रा तय गरेको हो ।

सिटीलाई जित दिलाउन नाथन एकेले निर्णायक गोल गरे । एकेले खेलको ६४ औं मिनेटमा गोल गरेका थिए ।

पराजित आर्सनल भने चौंथो चरणबाट बाहिरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस