आजको मौसम कस्तो रहला ? « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आजको मौसम कस्तो रहला ?


१४ माघ २०७९, शनिबार


काठमाडौँ । आज देशका थोरै भू-भागमा मौसम बदली भए पनि वर्षा र हिमपातको सम्भावना टरेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ मा मौसम बदली हुनेछ । बाँकी भू-भागमा भने सफा रहनेछ ।

आज राति भने प्रदेश १ सँगै गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुने सम्भावना छ ।

आइतबार दिउँसो  भने बदली भई केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस