खाद्य सङ्कट समाधानमा नेपालको विविधता अवसर हो : परराष्ट्र मन्त्री पौड्याल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

खाद्य सङ्कट समाधानमा नेपालको विविधता अवसर हो : परराष्ट्र मन्त्री पौड्याल


१३ माघ २०७९, शुक्रबार


काठमाडौँ । परराष्ट्र मन्त्री डा. विमला राई पौड्यालले खाद्य सङ्कट समाधानका लागि मुलुकभित्रको विविधता अवसर भएको बताएकी छन् । 

गैरसरकारी संस्था महासङ्घ नेपालले शुक्रबार काठमाडौँमा आयोजना गरेको विश्वव्यापी भोकमरी सूचकाङ्क (ग्लोबल हङ्गर इन्डेक्स) रिर्पोट, २०२२ सार्वजनिक तथा छलफल कार्यक्रममा उनले मुलुकमा रहेको भौगोलिक र जातीय विविधता तथा मौलिक सीपलाई कृषि उत्पादन र उपभोगमा अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिइन् ।

खाद्य गहन विषय भएको र यो वर्गीय, सामाजिक, जातीयलगायत पहिचानसँग गाँसिएको उल्लेख गर्दै मन्त्री पौडेलले खाद्य उत्पादनसँगै वितरण, आपूर्ति र पहुँचको विषय महत्त्वपूर्ण हुने उल्लेख गरिन् । अन्तर्राष्ट्रिय प्रभाव र मूल्य वृद्धिले खाद्य वितरण र आपूर्तिमा चुनौती थपेको बताउँदै उनले नेपालमा थोरै भए पनि यस विषयमा प्रगति भएको बताइन् । पछिल्लो समय बजारमा स्थानीय खाद्यभन्दा आयातित खाद्य वस्तुको प्रवेशले खाद्य सुरक्षामा समस्या उत्पन्न भएको धारणा व्यक्त गर्दै उहाँले स्थानीय खाद्य सामग्रीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिइन् ।

विश्वव्यापी भोकमरी सूचकाङ्क (ग्लोबल हङ्गर इन्डेक्स) (जीएचआई) कन्सर्न वल्र्डवाइड र वेल्टहङ्गर हिल्फेद्वारा संयुक्त रूपमा प्रकाशित विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय स्तरमा भोकमरीको विस्तृत रूपमा मापन र अनुगमन गर्न विकसित गरिएको एउटा वार्षिक प्रतिवेदन हो ।

Tags :
प्रतिक्रिया दिनुहोस