काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउतले रवि लामिछाने आफ्नो लागि आशाको केन्द्र रहेको टिप्पणी गरेका छन् ।
अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता नलिएको ठहर सर्वोच्च अदालतले गरेपछि लामिछानेको मन्त्रीसहित सांसद र पार्टीको सभापति पद पनि गएको छ ।
अध्यक्ष राउतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रक्रियागत त्रुटि वा अपराध नै किन न होस् र कतिपय राजनैतिक एजेण्डा विपरीत नै किन न होस्, तर अहिलेको संसद् र सरकारमा रविजी मेरो लागि पनि आशाको केन्द्र हुनुहुन्थ्यो । बैठक होस् वा संसद्, रविजीले नयाँ ऊर्जा, जोस र देशमा केही त परिवर्तन होला कि आशा जगाउने गर्नुहुन्थ्यो ।’
प्रक्रियागत त्रुटि वा अपराध नै किन न होस् र कतिपय राजनैतिक एजेण्डा विपरीत नै किन न होस्, तर अहिलेको संसद् र सरकारमा #रविजी मेरो लागि पनि आशाको केन्द्र हुनुहुन्थ्यो। बैठक होस् वा संसद्, रविजीले नयाँ ऊर्जा, जोश र देशमा केही त परिवर्तन होला कि आशा जगाउने गर्नुहुन्थ्यो। #comebackhero pic.twitter.com/u5k7aIdg7S
— Dr. CK Raut (@drckraut) January 27, 2023