रवि विरुद्धका रिट निवेदक भने-‘देशमा कानुनी राज्य छ भन्ने स्थापित भयो’  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

रवि विरुद्धका रिट निवेदक भने-‘देशमा कानुनी राज्य छ भन्ने स्थापित भयो’ 


१३ माघ २०७९, शुक्रबार


काठमाडौँ । रवि लामिछानेको नागरिक विरुद्धका रिट निवेदक युवराज पौडेल ‘सफल’ र रविराज बसौलाले कानुनी राज्यमा सबैले कानुन मान्नुपर्ने भन्ने नजिर स्थापित भएको बताएका छन् । सर्वोच्च अदालतले शुक्रबार लामिछाने गैर नागरिक भएको ठहर गरेपछि उनीहरूले यस्तो प्रतिक्रिया दिएका हुन् । 

निवेदक युवराज पौडेलले भने,‘जाँदा प्रक्रिया पुर्‍याएर गइन्छ भने आउँदा पनि प्रक्रिया पुर्‍याउनु पर्छ भन्ने थियो । यहीनीर उहाँको त्रुटि भयो । मुलुकमा कानुनी राज्य भनेर हामीले मुद्दा दायर गरेका थियौ ।’ आजको सर्वोच्चको फैसलाबाट नेपाल सिक्किम र भुटान हुनबाट बचेको पौडेलको भनाइ छ । 

यस्तै अर्का निवेदक रविराज बसौलाले शुक्रबारको फैसलाले आफूहरूको अभियान सफल भएको बताए । उनले भने, ‘रविजीसँग वैरभाव केही पनि होइन । आफू अनुकूल विदेश जाने र नेपाल आएर नेपाल प्रक्रियाको अन्त्य हुनुपर्छ भन्ने हाम्रो अभियान थियो । आजको फैसलाबाट त्यो अभियानले सार्थकता पायो ।’ 

अदालतले कसैको दबाबमा नपरी फैसला गरेको उनको दाबी छ । ‘यो देशमा सबैले कानुन मान्नुपर्छ भन्ने नजिर स्थापित भएको छ ।  कानुनको शासन छ,’बसौलाले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस