पार्टी बलियो बनाउन एकीकृत समाजवादीले बनायो यस्तो कार्ययोजना  « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

पार्टी बलियो बनाउन एकीकृत समाजवादीले बनायो यस्तो कार्ययोजना 


१३ माघ २०७९, शुक्रबार


काठमाडौँ । मंसिर ४ गते सम्पन्न आम निर्वाचनबाट राष्ट्रिय दल बन्न नसकेको नेकपा एकीकृत समाजवादी सङ्गठन सुदृढीकरण गर्न कार्ययोजना तय गरेको छ । जसअनुसार पार्टी महासचिव वेदुराम भुसालले पार्टीलाई बलियो अवस्थामा पुर्‍याउने योजनाका साथ अन्तर सङ्गठन निर्देशन (असनि) जारी गरेर मातहतका कमिटीमा पठाएका छन् ।

असनिमा पार्टी तथा सङ्गठनका कमिटीहरू अद्यावधिक गर्ने, सदस्यता नवीकरण तथा वितरण गर्ने, पार्टी कमिटी गठन हुन बाँकी रहेका पालिका तथा विशेष इलाकाहरूमा २०७९ चैत मसान्तभित्र कमिटी गठन गर्ने उल्लेख गरिएको छ । 

यस्तै पार्टीका अधिवेशनहरू गर्नका लागि कार्यतालिका पनि तय गरिएको छ । जसअनुसार वडाहरूमा २०८० वैशाख १५ भित्र,  पालिका-विशेष इलाकामा २०८० वैशाख मसान्तभित्र र २०८० जेठ मसान्तभित्र सबै जिल्लामा जिल्ला अधिवेशन गर्न निर्देशन दिइएको छ ।

२०८० कात्तिक मसान्तभित्र सबै प्रदेशमा प्रदेश अधिवेशन गर्न र जनसङ्गठनहरूको पुनर्गठन गर्न पनि निर्देशन दिइएको छ । 

पार्टीले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि विकसित राजनीतिक परिस्थिति एवं घटनाक्रमका सन्दर्भमा भएका निर्णयलाई अनुमोदन गर्न र विकसित परिस्थितिमा छलफल गर्न माघ २१ र २२ गते काठमाडौंमा केन्द्रीय समितिको बैठक पनि बोलाइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस