ग्लोबल आइएमई बैङ्कद्वारा शैक्षिक सामग्री सहयोग « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

ग्लोबल आइएमई बैङ्कद्वारा शैक्षिक सामग्री सहयोग


१३ माघ २०७९, शुक्रबार


काठमाडौँ । ग्लोबल आइएमई बैङ्क लिमिटेडले बैङ्कको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको भरतपुर महानगरपालिका-१० स्थित चितवन माध्यमिक विद्यालयलाई विभिन्न शैक्षिक सामग्रीहरू सहयोग गरेको छ ।

श्रीपञ्चमीको अवसरमा आयोजित एक कार्यक्रमका बीच बैङ्कको बागमती प्रादेशिक कार्यालय उपप्रमुख विदुर ज्ञवालीले चितवन माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश अधिकारीलाई दराज, कापी लगायतका विभिन्न शैक्षिक सामग्रीहरू हस्तान्तरण गरेका हुन् ।

बैङ्कले उपलब्ध गराएका शैक्षिक सामग्रीहरू विद्यालयले विभिन्न कक्षामा अध्ययनरत गरिब तथा जेहनदार विद्यार्थीहरूलाई वितरण गराएको छ ।

ग्लोबल आइएमई बैङ्कले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता कार्यक्रमहरूको आयोजना गरी आम नागरिकहरूलाई प्रत्यक्ष रूपमा लाभान्वित गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस