माओवादी बैठकमा कृष्णबहादुर महराले गरे पार्टी एकताबारे ब्रिफिङ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

माओवादी बैठकमा कृष्णबहादुर महराले गरे पार्टी एकताबारे ब्रिफिङ


१३ माघ २०७९, शुक्रबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा उपाध्यक्ष तथा पार्टी एकताका लागि गठित कार्यदलका संयोजक कृष्णबहादुर महराले पछिल्लो प्रगतिबारे जानकारी गराएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा जारी स्थायी कमिटीको बैठकमा संयोजक महराले पार्टी एकताका लागि दलहरूसँग भएका पछिल्ला प्रयासहरूबारे ब्रिफिङ गरेका हुन् ।

माओवादीले एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालगायत कम्युनिस्ट पार्टीहरूसँग एकताको प्रयास गरिरहेको छ । बाबुराम भट्टराई नेतृत्वको नेसपासँग पार्टी एकता गर्ने सहमति भइसकेको छ । नेकपा एस, विप्लवलगायतका दलहरूसँग पनि संवाद जारी राखेको छ ।

पार्टी एकताको लागि यसअघि नै महराको नेतृत्वमा महासचिव देव गुरुङ, उपमहासचिवहरू गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेतको पाँच सदस्यीय कार्यदल बनाएको थियो ।

बैठकमा पार्टीका विभिन्न विभागहरूलाई पूर्णता दिने, सङ्गठन सुदृढीकरण र विस्तारलगायतको विषयमा छलफल जारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस