मधेस प्रदेशका नव नियुक्त दुई मन्त्रीद्वारा पदभार ग्रहण « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

मधेस प्रदेशका नव नियुक्त दुई मन्त्रीद्वारा पदभार ग्रहण


१३ माघ २०७९, शुक्रबार


काठमाडौँ । मधेस प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीले आज पदभार ग्रहण गरेका छन् । बिहीबार जिम्मेवारीसहितको पत्र प्राप्त गरेपछि आज नव नियुक्त मन्त्रीहरूले पदभार ग्रहण गरेका हुन् ।

भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका नेकपा (एमाले) मधेस प्रदेशको संसदीय दलका नेता समेत रहेका मन्त्री सरोजकुमार यादवले मधेस लोकमार्गलाई प्राथमिकतामा राखेर कार्य अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरे ।

उनले मधेसको विकासका लागि हरेक जिल्ला तथा पालिकालाई सडक सञ्जालसँग जोड्न मधेसको गौरव आयोजनाका रूपमा मधेस लोकमार्गलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । उनले पछिल्लो सरकारको पालामा भएका राम्रा कामको समीक्षाका साथै बाँकी योजनाका विषयमा योजना बनाएर काम गर्ने बताए ।

आज नै जनमत पार्टीका मन्त्री वसन्त कुशवाहाले पनि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको पदभार ग्रहण गर्दै किसानको समस्या समाधानलाई प्राथमिकतामा राखेर आफूले काम गर्ने बताए । जनमत पार्टीले किसान आन्दोलन गरेको स्मरण गर्दै उनले किसानहरूको समस्या समाधानमा आफूले प्राथमिकताका साथ काम गर्ने जनाए । 

Tags :
प्रतिक्रिया दिनुहोस