५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अब अमलेखगन्जमा डिजेल, पेट्रोल र मट्टितेल एउटै पाइपबाट आउने

अ+ अ-

काठमाडौँ । बारास्थित अमलेखगन्ज डिपोमा अब डिजेल, पेट्रोल र मट्टितेल एउटै पाई पलाइनबाट आउने भएको छ। हाल उक्त डिपोमा पाइपलाइनमार्फत् डिजेल मात्रै आयात हुँदै आएको छ।

पाइपलाइनमार्फत डिजेल आयात सन् २०१९ (२०७६ भदौ) देखि थालिएको हो। सन् २०२४ जनवरीदेखि उक्त पाइपलाइनमार्फत् पेट्रोल आयात पनि थालिने नेपाल आयल निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख प्रदीपकुमार यादवले जानकारी दिए।

यसका लागि मोतिहारी-अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजनाको दोस्रो चरणको काम सुरू भएको छ। दोस्रो चरण अन्तर्गत ४१०० किलोलिटर क्षमताका दुई वटा पेट्रोल भण्डारण (ट्याङ्क) निर्माण सुरू गरिएको छ।

नेपाल-भारत पाई पलाइनबाट पेट्रोल ल्याउन हाल मुख्य समस्या भनेकै भण्डारणको हो। पाइपलाइन सम्झौताकै क्रममा नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसन (आइओसी) बीच दोस्रो चरणमा पेट्रोल भण्डारण केन्द्र निर्माण गर्ने सम्झौता पनि भएको थियो।

नेपाल र भारतको संयुक्त लगानीमा भण्डारण केन्द्र निर्माण गर्ने सम्झौता भएको हो। दोस्रो चरणमा निर्माण गरिने भौतिक संरचनामध्ये एउटा पेट्रोल ट्याङ्क, २५० किलोलिटर क्षमताका दुई वटा ट्रान्समिक्स, तीन हजार किलोलिटर क्षमताका दुई वटा फायरवाटर ट्याङ्क आइओसीले बनाउनेछ।

दोस्रो चरण अन्तर्गत नै २५० किलोलिटर क्षमताका दुई ट्रान्समिक्स पनि निर्माण थालिएको छ। २४ वटा पूर्ण स्वाचालित लोडिङ वे रिफिलर, अत्याधुनिक प्रयोगशाला निर्माण गरिनेछ।

त्यस्तै फायर फाइटिङ सिस्टम स्तरोन्नति गरिने पनि कार्यालय प्रमुख प्रदीपकुमार यादवले जानकारी दिए। त्यस्तै आयल वाटर स्प्रेटर तथा पिएमसिसी रुम पनि बन्नेछ।

दोस्रो चरण निर्माणका लागि नेपाल र भारत सरकारले १ अर्ब २८ करोड भारु खर्चिने उल्लेख छ। दोस्रो चरणको काम २०२३ डिसेम्बरभित्र पूरा गर्ने कार्यालय प्रमुख यादवले जानकारी दिए।

उनका अनुसार सन् २०२४ जनवरीसम्म पेट्रोल भण्डारण केन्द्र तयार हुनेछ। अमलेखगन्जमा पाई पलाइनबाट पेट्रोलसमेत आउनेछ। त्यसपछि उक्त पाई पलाइनबाट मट्टितेलसमेत आयात सम्भव हुने यादवले बताए।

दोस्रो चरणको काम समयसीमा भित्रै सक्ने दाबी पनि उनले गरे।

हाल डिपोले पेट्रोल, मट्टितेल भारतको बरौनीस्थित रिफाइनरीबाट आयात गर्दै आएको छ। करिब ५६० किलोमिटर दूरीको राउन्ड ट्रिप अमलेखगन्ज-बरौनी-अमलेखगन्ज रूटमार्फत् पेट्रोल तथा मट्टितेल आयात गर्न मासिक करोडौँ खर्च हुँदै आएको छ।

अब उक्त पाई पलाइनबाट ल्याउँदा पेट्रोलको ढुवानी लागत तथा प्राविधिक नोक्सानी शून्यमा झर्छ। पेट्रोल ढुवानी लागत जोगिँदा मात्रै निगमलाई मासिक १५ करोड रुपैयाँ बचत हुने जनाउँदै उनले वार्षिक एक अर्ब ८० करोड जोगिने बताए ।

अहिले पाई पलाइनबाट डिजेल ढुवानी गर्दा प्राविधिक क्षति शून्यमा झरेको कार्यालयले बताएको छ। यसअघि ट्याङ्करबाट ढुवानी गर्दा वातावरणमा असर पर्नुका साथै दुर्घटना तथा चोरीका कारण निगमलाई ठूलो क्षति पुग्ने गरेको पनि यादवले बताए।

पेट्रोल पाइपलाइनेमार्फत आयात हुन थालेपछि अमलेखगन्ज बरौनीसम्म ढुवानी गर्दै आएका ट्यांकरको संख्या शून्यमा पुगी वातावरण प्रदूषण पनि कम हुने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस