रोनाल्डो आबद्ध नासर साउदी सुपर कपको सेमिफाइनलबाटै बाहिरियो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

रोनाल्डो आबद्ध नासर साउदी सुपर कपको सेमिफाइनलबाटै बाहिरियो


१३ माघ २०७९, शुक्रबार


काठमाडौँ । क्रिस्टियानो रोनाल्डो सम्मिलित अल नासर क्लब साउदी सुपर कपको सेमिफाइनलबाटै बाहिरिएको छ ।

रोनाल्डोको आगमनबाट निकै उत्साहित बनेको अल नासरले रोनाल्डोको डेब्यु लिग खेलमा जित निकालेको थियो ।

तर साउदी सुपर कपमा भने अल नासर अल इत्तेहादसँग सेमिफाइनलमा ३-१ ले पराजित भयो । साउदीमा रोनाल्डोले लगातार दुई खेलमा गोल गर्न सकेका छैनन् ।

अल इत्तेहादलाई जिताउन रोमारिन्हो, हमदालाह र अल शानक्वीटीले गोल गरे ।

अल नासरका लागि तलिस्काले एक गोल फर्काए । अर्को सेमिफाइनलमा अल फायहाले साविक विजेता अल हिलाललाई १-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

अब उपाधिका लागि हल इत्तेहाद र हल फायहाबीच आगामी आइतबार खेल हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस