काभ्रेलाञ्चोकमा रेबिज नियन्त्रण गर्न खोप अभियान « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काभ्रेलाञ्चोकमा रेबिज नियन्त्रण गर्न खोप अभियान


१३ माघ २०७९, शुक्रबार


काठमाडौँ । काभ्रेलाञ्चोकमा पछिल्लो समय पशु चौपायामा देखिएको रेबिज रोग नियन्त्रण गर्न खोप अभियानलाई तीव्र पारिएको छ । जिल्ला स्वास्थ्य कार्यालय, भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले हप्तौँदेखिको निगरानी, पशुचौपाया तथा स्थानीयलाई रेबिजविरुद्धको खोप लगाउन थालेको छ ।

गत मङ्सिर पहिलो सातादेखि महाभारत गाउँपालिकाको दुई गाउँमा रेबिजको सङ्क्रमण देखिएको थियो । त्यसको मण्डनदेउपुरको एउटा वडा तथा रोशी गाउँपालिकामा पनि रेबिज फैलिएको थियो । मण्डनदेउपुर–१० मा मरेको एक कुकुरमा परीक्षण गर्दा बिहीबार रेबिज पुष्टि भएको छ । रेबिज देखिएपछि उक्त क्षेत्रका पशुचौपायालाई खोप लगाउन थालिएको पशु चिकित्सक राजकुमार हुमागाईँले बताए ।

मण्डनदेउपुरका केही स्थानमा छ महिनाको अवधिमा २२ गाई मरिसकेका छन् । स्थानीय हरिप्रसाद नेपालका अनुसार माघमा मात्रै दुई गाई मरेका छन् । यस्तै मरेको कुकुरमा रेबिज पुष्टि भएको स्थानका करिब ५० जनालाई रेबिजविरुद्धको खोप लगाइएको छ । थप व्यक्ति पहिचान गरी खोप लगाइने नगरका स्वास्थ्य शाखा प्रमुख दीपक घिमिरेले बताए ।

पूर्णरूपमा सुरक्षित भइन्छ’, उनले भने, रेबिजबाट २०७७ चैतयता काभ्रेलाञ्चोकमा छ जनाको मृत्यु भएको छ । चिकित्सकका अनुसार राम्रोसँग पकाएर खाएको मासु, उमालेर खाएको दूधबाट रेबिज सर्दैन । काँचो दूध, मासु खाँदा रेबिज रोग सर्छ । उनान्सय प्रतिशत सङ्क्रमण कुकुरबाट सर्ने गर्दछ । कुकुरलाई रेबिजविरुद्धको खोप लगाउँदा रेबिज फैलन पाउँदैन । रेबिज लागेको कुकुरले मान्छे र पशुपक्षीलाई टोकेको अवस्थामा रेबिज सर्न सक्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस