झिनो अङ्कले घट्यो नेप्से « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

झिनो अङ्कले घट्यो नेप्से


१२ माघ २०७९, बिहिबार


काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ४१ अङ्कले घटेर दुई हजार एक सय ८३ दशमलव २१ मा सीमित भएको छ ।

आजको कारोबारमा ठुला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव १० अङ्कले ओरालो लागेर चार सय १३ दशमलव १४ मा झरेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर मूल्यमा वृद्धि हुँदा सात उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । कारोबार भएकामध्ये कूल एक सय एक कम्पनीको शेयर मूल्यमा वृद्धि हुँदा एक सय सात कम्पनीको शेयर मूल्य घटेको छ । यस्तै, पाँच कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन ।

आजको कारोबारमा ७७ लाख ६४ हजार एक सय ५३ कित्ता सेयर दुई अर्ब ८६ करोड ८२ हजार आठ सय ३८ मा कारोबार भएको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा समृद्धि फाइनान्स कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको नौ करोड ७० लाख ९५ हजार सात सय छ बराबरको कारोबार भएको छ । यस्तै, रिडी पावर कम्पनी रु आठ करोड ६१ लाख ६४ हजार सात सय ६९, आँखु खोला जलविद्युत् कम्पनी सात करोड ३८ लाख ६८ हजार आठ सय ९४, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी छ करोड ६७ लाख ६७ हजार नौ सय ३४ र अपि पावर कम्पनी छ करोड ४१ लाख आठ हजार आठ सय १४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार लुम्बिनी जनरल इन्स्योरेन्स, आदर्श लघुवित्त, वाराही हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, सूर्य ज्योति लाइफ इन्स्योरेन्स नौ दशमलव ९८ र साञ्जेन जलविद्युत् कम्पनीको लगानीकर्ताले आठ दशमलव २३ प्रतिशतले कमाएका छन् ।

त्यस्तै, समृद्धि फाइनान्स सात दशमलव ६८, सप्तकोसी डेभलपमेन्ट बैङ्क चार दशमलव ५०, ग्रीन भेञ्चर्स चार दशमलव ५०, सर्पोट माइक्रो फाइनान्स तीन दशमलव ७३ र सानिमा इक्विटी फण्डका लगानीकर्ताले तीन दशमलव ६४ प्रतिशतले गुमाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस