शुक्रवार सीता एयरको दाङ एयरपोर्टमा परीक्षण उडान « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

शुक्रवार सीता एयरको दाङ एयरपोर्टमा परीक्षण उडान


१२ माघ २०७९, बिहिबार


काठमाडौँ । सीता एयरले शुक्रवार दाङ एयरपोर्टमा परीक्षण उडान गर्ने भएको छ।

निजी विमान सेवा कम्पनीले दाङको टरिगाउँ एयरपोर्टमा उडान गरे हवाई भाडा घट्ने आशा गरिएको छ। यो एयरपोर्ट घाँसे मैदान छँदा पहिले पनि सीताले टरिगाउँ एयरपोर्टमा उडान गरेको थियो।

पछिल्लो समय नेपाल एयरलाइन्सको ट्विनअटर विमानले मात्रै हप्तामा चार दिन उडान भर्दै आएको छ। आइबार, मङ्गलवार, बिहीबार र शनिबार उडान हुँदै आएको छ।

दाङदेखि काठमाडौँको भाडा न्यूनतम ८ हजार ८ सय १० रूपैंया र काठमाडौँदेखि दाङको भाडा न्यूनतम ९ हजारदेखि अधिकतम १२ हजारसम्म छ।

सीताको १९ सिटे चार डोर्नियर जहाजले शुक्रवार दिउँसो एक बजे परीक्षण उडान गर्न लागेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस