विश्वकपको टिकट हिनामिनाको विषयमा एन्फा अध्यक्षलाई पत्र « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

विश्वकपको टिकट हिनामिनाको विषयमा एन्फा अध्यक्षलाई पत्र


१२ माघ २०७९, बिहिबार


काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का सदस्य रुपेश अधिकारीले कतार विश्वकपका क्रममा टिकट हिनामिना भएको भनिएको विषयमा प्रस्ट पार्न पत्र पठाएका छन् ।

विश्वकप फुटबलको टिकट वितरणका विषय विभिन्न सञ्चारमाध्यममा आइरहेकामा आफ्नो ध्यानाकर्षण भएको भन्दै उनले एन्फा अध्यक्ष पङ्कज विक्रम नेम्वाङलाई पत्र पठाएका हुन् ।

अधिकारीले फिफाबाट कति थान टिकट कुन कुन खेलका लागि प्राप्त भएको हो र उक्त टिकट कसलाई कुन आधारमा वितरण गरियो भन्नेबारे प्रस्ट पार्न माग गरेका छन् । उनले २०७९ कार्तिक २९ गते कार्यसमिति बैठकबाट निर्णय भए बमोजिम वितरण भएको हो कि हैन भन्ने विषयमा पनि जानकारी माग गरेका छन् । 

त्यस्तै उनले एएफसीलाई कति र किन टिकट दिइएको हो भन्ने विषयमा समेत जानकारी गराउन आग्रह गरेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस