रिभर्स रिपोमार्फत पैसा उठाउँदै राष्ट्र बैङ्क « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

रिभर्स रिपोमार्फत पैसा उठाउँदै राष्ट्र बैङ्क


१२ माघ २०७९, बिहिबार


काठमाडौँ । पछिल्लो समय बजारमा तरलता सहज हुँदै गएको छ । बैङ्क तथा वित्तीय संस्थाहरूमा तरलता (लगानी योग्य पुँजी) थुप्रिएसँगै अल्पकालीन समयका लागि राष्ट्र बैङ्कले रिजर्भ पैसा लिने भएको छ ।

बिहीबार एक सूचना जारी गर्दै केन्द्रीय बैङ्कले ७ दिनका लागि रिभर्स रिपोमार्फत ५ अर्ब रुपैयाँ सापटी लिने जनाएको हो । तरलता रिजर्भमा रहेका बैङ्कहरूले प्रस्तावित ब्याज दरसहित बिहीबार दिउँसो २ बजेसम्म बैङ्कमा अनलाइन आवेदन दिन सक्नेछन् । वाणिज्य बैङ्क, विकास बैङ्कसँगै ‘ग’ वर्गको फाइनान्स कम्पनीहरूले आवेदन दिन सक्ने बैङ्कले जनाएको छ । माघ १२ गतेबाट सुरु हुने रिभर्स रिपो आगामी माघ १९ गते परिपक्व हुनेछ ।

केन्द्रीय बैङ्कले बजारमा तरलता अभाव हुँदा रिपोमार्फत तरलता सहज गर्नेगर्छ भने यसको ठिक उल्टो बजारमा अधिक तरलता हुँदा रिभर्स रिपोमार्फत पैसा लिनेगर्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस