मल भण्डारणको क्षमता विकास गर्ने मन्त्री पोखरेलको निर्णय « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मल भण्डारणको क्षमता विकास गर्ने मन्त्री पोखरेलको निर्णय


११ माघ २०७९, बुधबार


काठमाडौँ । बागमती प्रदेशका नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री केशव प्रसाद पोखरेलले प्रदेशको रासायनिक मल भण्डारण क्षमता विकास गर्ने बताएका छन् ।

बुधबार प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै पदभार ग्रहण गर्दै मन्त्री पोखरेलले प्रदेशका लागि आवश्यक रासायनिक मलको भण्डारण क्षमता विकास गर्ने निर्णय गरेका हुन् । 

मन्त्री पोखरेलले संघीय सरकारबाट प्रदेशलाई विनियोजन हुने रासायनिक मलको कोटा बढाउन पहल गर्नेसमेत निर्णय गरेका छन् । उनले प्रदेश सरकारले संघीय सरकारसँग समन्वय गरी आफ्नो प्रदेशलाई आवश्यक मलको परिमाण सहित खरिदको टेन्डरको लागि आग्रह गर्ने, प्रदेशलाई विनियोजन भएको रासायनिक मलको कोटा बमोजिम कृषकले सहज तरीकाबाट प्राप्त गर्ने वातावरण मिलाउने तथा दीर्घकालीन रूपमा रासायनिक मलको समस्या समाधान गर्न प्रदेशमा नै मल उत्पादन गर्ने कार्य गर्न पहल गर्ने निर्णय गरेका हुन् ।  

त्यस्तै उनले प्रदेशमा कृषि औजार कारखाना स्थापना गरी कृषकलाई सर्वसुलभ रूपमा कृषि औजार वितरण गर्न मन्त्रालयले आवश्यक कार्य गर्ने निर्णय गरेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस