उपसभामुख चौधरीद्वारा पार्टीबाट राजीनामा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

उपसभामुख चौधरीद्वारा पार्टीबाट राजीनामा


११ माघ २०७९, बुधबार


काठमाडौँ। सुदूरपश्चिम प्रदेशकी उपसभामुख कोइलीदेवी चौधरीले नेकपा (एमाले) बाट राजीनामा दिएकी छन् ।

उनले एक प्रेस विज्ञप्ति जारी गर्दै उपसभामुख पदमा रहँदासम्म आफू आबद्ध पार्टी एमालेका सम्पूर्ण राजनीतिक र साङ्गठनिक जिम्मेवारीबाट अलग भएको जनाएकी छन् ।

विज्ञप्तिमा उपसभामुख पदमा आफ्नो भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वसनीय बनाउन पार्टीबाट राजीनामा दिएको उल्लेख छ । उपसभामुख चौधरी माघ ४ गते उपसभामुख पदको शपथ ग्रहण गरेका थिए । सत्ता साझेदार दल एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा उपसभामुखमा निर्वाचित भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस