प्रतिपक्षले जुनसुकै बेला सरकार ढाल्ने र बनाउने क्षमता राख्छ : शेखर कोइराला  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रतिपक्षले जुनसुकै बेला सरकार ढाल्ने र बनाउने क्षमता राख्छ : शेखर कोइराला 


११ माघ २०७९, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले जतिबेला पनि सरकार ढाल्ने र बनाउने सामर्थ्य प्रतिपक्षले राख्नुपर्ने बताएका छन् । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार ढाल्न काँग्रेस लागेको बताएकै बेला उनले विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

‘हामी प्रतिपक्षमा छौँ । प्रतिपक्षकै भूमिका हामी खेल्छौँ र प्रतिपक्ष भनेको गभर्मेन्ट इन वेटिङ हो । केपी ओलीले बोलेको कुरा मलाई किन सोध्नु हुन्छ ? हामी कुनै पनि बेला सरकार गिराउने क्षमता राख्नुपर्छ र हामीले सरकार बनाउनुपर्छ त्यही हो नि १ विश्वमै हुने खेल नै यही हो पार्लियामेन्टको,’ कोइरालाले भने । 

Tags :
प्रतिक्रिया दिनुहोस