कर्णालीमा मन्त्रिमण्डलले पायो पूर्णता, यी हुन् नव मन्त्री « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कर्णालीमा मन्त्रिमण्डलले पायो पूर्णता, यी हुन् नव मन्त्री


११ माघ २०७९, बुधबार


सुर्खेत । कर्णाली प्रदेशले सरकारमा जाने मन्त्रीको नाम टुङ्ग्याएको छ । एमाले कर्णालीले बुधबार (आज) सरकारमा जाने मन्त्रीको नाम टुङ्ग्याएको हो ।

मुख्यमन्त्री राजकुमार शर्माले आज चार जना मन्त्री नियुक्त गरेका हुन् । जसमा नेकपा एमालेका २ र माओवादी केन्द्रका २ जना रहेका छन्।

नेकपा एमालेका टेकराज पछाईलाई सामाजिक विकास, जीतबहादुर मल्ललाई उद्योग, पर्यटन, वन तथा वातावरण, विनोद कुमार शाहलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका कृष्ण बहादुर जिसीलाई आन्तरिक मामिला तथा कानुन, मङ्गल बहादुर शाहीलाई भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत, र भिम प्रकाश शर्मालाई भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

नव मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम बुधबार (भोलि) बेलुका ६ बजे रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस