गृहमन्त्रीले दोहोरो नागरिकता लिएर संवैधानिक व्यवस्थामा प्वाल पारे : भीम रावल « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

गृहमन्त्रीले दोहोरो नागरिकता लिएर संवैधानिक व्यवस्थामा प्वाल पारे : भीम रावल


११ माघ २०७९, बुधबार


काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले गृहमन्त्री रवि लामिछानेले दोहोरो नागरिकता लिएर संवैधानिक व्यवस्थामा प्वाल पारेको बताएका छन्।

सामाजिक सञ्जालमा पूर्व गृहमन्त्रीसमेत रहेका रावलले बुधबार लामिछानेले दोहोरो नागरिकता लिएर संविधान मिचेको बताएका हुन्। 

‘संविधान बनाउने वेला धेरै बहसपछि नेपालजस्तो देशमा दोहोरो नागरिकता दिन नहुने निष्कर्षका साथ सोहीबमोजिम संवैधानिक व्यवस्था गरिएको हो। गृहमन्त्री रवि लामिछानेजी निमित्त पात्र भएर उक्त संवैधानिक व्यवस्थामा प्वाल पारियो भने देशविरोधी अपराध ठहर्नेछ। गृहमन्त्रीबाट कानून मिचिएको छ,’ उनले भनेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस