गृहमन्त्रीले आत्मदाह गर्ने आचार्यका परिवारलाई भेटेर दिए सान्त्वना « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

गृहमन्त्रीले आत्मदाह गर्ने आचार्यका परिवारलाई भेटेर दिए सान्त्वना


११ माघ २०७९, बुधबार


काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले आत्मदाह गरेका प्रेमप्रसाद आचार्य ‘सन्तोष’ का परिवारलाई भेटेका छन् ।

हिजो मङ्गलवार संसद भवन नयाँ बानेश्वरअघि आत्मदाह गरेका आचार्यको उपचारका क्रममा आज बुधबार बिहान बर्न अस्पताल कीर्तिपुरमा निधन भएको थियो ।

अस्पताल पुगेर लामिछानेले आचार्यका परिवारलाई भेट्दै सान्त्वना दिएका उनको सचिवालयले जनाएको छ । अहिले आचार्यको शव आफन्तले जिम्मा लिएका छन्।

सरकारले सम्बोधन नगरेको बताउँदै आफन्तले बिहानदेखि शव बुझ्न मानेका थिएनन्। गृहमन्त्री लामिछाने अस्पताल पुगेपछि परिवार तथा आफन्तले शव जिम्मा लिएका हुन्।

अहिले शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि पुर्‍याइसकिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस