बागमतीका नवनियुक्त मन्त्रीको शपथ २ बजे हुने « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

बागमतीका नवनियुक्त मन्त्रीको शपथ २ बजे हुने


११ माघ २०७९, बुधबार


काठमाडौँ । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूको शपथ आज २ बजे हुने भएको छ । सत्ता साझेदार दलहरुबीच नेकपा माओवादीले मुख्यमन्त्री र तीन मन्त्रालय पाउने भएको छ भने एमालेले चार मन्त्रालय पाउने भएको छ ।

त्यसै गरी राप्रपाले तीन मन्त्रालय पाउने सहमति भएको छ । माओवादीले मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा गङ्गानारायण श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्रालयमा युवराज दुलाल ‘शरद’ र सामाजिक विकास मन्त्रालयको नेतृत्वमा कुमारी मोक्तानलाई पठाएको छ ।

त्यस्तै एमालेबाट जगन्नाथ थपलियालाई आर्थिक मामिला तथा योजना, केशवप्रसाद पोखरेललाई कृषि तथा पशुपन्छी विकास, एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्रालय र रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।

उता, राप्रपाका उद्धव थापाले खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, डम्बरबहादुर तामाङले पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, राजु विष्टले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस