प्रेम आचार्यलाई सहिद घोषणा गर्न माग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रेम आचार्यलाई सहिद घोषणा गर्न माग


११ माघ २०७९, बुधबार


काठमाडौँ । मङ्गलवार संसद भवन अगाडि आत्मदाह गर्ने इलामको सूर्योदय नगरपालिका वडा नम्बर ११ का प्रेमप्रसाद आचार्यलाई सहिद घोषणा गर्न आचार्य बन्धु समाज-नेपालले माग गरेको छ । समाजका महासचिव बाबुराम आचार्यले बुधबार एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।

‘सचेत र शिक्षित नागरिकसमेत भएकाले केही उनले मानेका अग्रजलाई भेटेर आफ्नो र देशको समस्या समाधान गर्ने उपाय खोज्ने प्रयास गर्दा त्यो समेत असफल भएपछि बुधबार देशको केन्द्रीय राजधानी काठमाडौँको नयाँबानेश्वरमा आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका प्रेम आचार्यको आज निधन भएपछि तत्काल सहिद घोषणा गर्नुपर्ने आचार्य समाज माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘देशका लागि बलिदानी दिएका हजारौँ सहिदभन्दा प्रेम आचार्यको योगदान कमी छैन ।’

विज्ञप्तिमा आचार्यको परिवारमा आएको सबै ऋण राज्यले तिरिदिनुपर्ने, छोराछोरीलाई आजीवन पढाई दिनुपर्ने माग पनि गरेको छ । यस्तै आचार्य समाजले मृतकका परिवारलाई रुपैयाँ एक लाख सहयोग गर्ने निर्णय गरेको पनि जनाएको छ । आचार्यको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस