२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

करोडौँ बजेट विनियोजन हुँदा पनि बुर्तिबाङ बन्न सकेन नमूना सहर

अ+ अ-

ढोरपाटन । साँघुरो बजार। त्यसमाथि खोलाको जोखिम। नेपाल सरकारले १० नमूना सहरमा सूचीकृत गरेको बजार हो । बुर्तिबाङ निसी, भूजी र तमानको सङ्गमस्थल मानिने बुर्तिबाङ बजार बागलुङको दोस्रो ठूलो व्यापारिक केन्द्र हो।

बुर्तिबाङ बजारलाई सरकारले नयाँ सहरको योजनामा सूचीकृत गरेको सात वर्ष बितिसक्यो। तर अहिलेसम्मको प्रगति हेर्ने हो भने उत्साहजनक छैन। योजना सुरु भएदेखि हालसम्म करोडौँ बजेट विनियोजन भएको छ।

हरेक वर्ष बुर्तिबाङका लागि करोडौँ बजेट विनियोजन गर्ने गरिएको छ। तर हालसम्म पनि अत्यावश्यकीय पूर्वाधार निर्माण हुन सकेका छैनन्। बजारलाई पूर्वाधारयुक्त सहर निर्माण गरी बसोबासका लागि आकर्षित र व्यवस्थित गर्ने उद्देश्यका साथ निर्माणाधीन नयाँ सहर आयोजना बुर्तिबाङमा करोडौँ बजेट खर्च भए पनि हालसम्म उल्लेख्य विकास नभएको स्थानीयवासीको गुनासो छ।

बुर्तिबाङ बजारलाई मध्य पहाडी लोक मार्गका आसपासका १० सहरमध्ये नमूनाका रूपमा विकास गर्ने योजनाका साथ आर्थिक वर्ष २०७२/७३ देखि पूर्वाधार थालिएको हो।

सडक कालोपत्र, विद्युतीकरण, खानेपानी, ढल निकास, उद्यान, खेलमैदान, मनोरञ्जनस्थल, हाटबजारलगायत काम अझै हुन नसकेका स्थानीय प्रेमबहादुर विकले बताए।

‘बजार क्षेत्रको सडक साँघुरो छ, दुर्घटनाको जोखिम छ’, उनले भने। बजार क्षेत्रका चोक, फुटपाथ र गल्ली जोखिमयुक्त छन्। बसपार्क साँघुरो छ। खानेपानीको समस्या पनि उस्तै छ। ढोरपाटन नगरपालिका-१ बुर्तिबाङका वडाध्यक्ष बानबहादुर छन्त्यालले नयाँ सहर आयोजनाको काम सन्तोषजनक नभएको बताए। ‘बजार क्षेत्रमा खोलाको जोखिम छ, यसतर्फ ध्यान गएको छैन’, उनले भने।

बसोबासलाई व्यवस्थित गर्ने, बसाइँ सरी तराईका जिल्ला तथा ठूला सहरमा जानेलाई रोक्न नयाँ सहर आयोजना सञ्चालन गरिएको हो। आव २०७२/७३ मा बुर्तिबाङमा आयोजना कार्यालय स्थापना भएपश्चात् १४ किलोमिटर सडक निर्माण तथा स्तरोन्नति गरिएको सहर आयोजना बुर्तिबाङका निमित्त प्रमुख अभिषेक अधिकारीले जानकारी दिए।

करिब एक किलोमिटर क्षेत्रमा ढल व्यवस्थापन भएको छ। कुत थाप्लामा आयोजनाको कार्यालय निर्माण गरिएको छ। बसपार्क, उद्यानलगायत काम अझै अधुरै छन्। व्यवस्थित बसोबास निर्माण र पूर्वाधार निर्माण गर्न ५६ रोपनीभन्दा बढी जग्गा खरिद गरेको प्रमुख अधिकारीले बताए।

‘बाँकी पूर्वाधार निर्माण गर्न जग्गा प्राप्त हुन सकेको छैन’, उनले भने, ‘चार वटा मुख्य सडक निर्माण गर्न बाँकी छ।’

आयोजनाको एक हजार रोपनी जग्गा किन्ने लक्ष्य छ। आयोजनाका लागि चालु आवमा रु १५ करोड ६० लाख विनियोजन भएको अधिकारी बताउँछन्। भब्रेटामा सभाहलको काम सुरु भएको छ।

खप्तरीबाङमा बसपार्क निर्माणको तयारी छ। हाटबजार र बुर्तिबाङ बजार संरक्षणका लागि तटबन्धको काम अझै हुन सकेको छैन। बजार क्षेत्रमा सरकारी जग्गा अभावका कारण बाहिर जग्गा खरिद गरेर संरचना निर्माण गरिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस