संघीय संसद् भवन अगाडि आत्मदाहको प्रयास गर्ने प्रेमप्रसादको उपचारका क्रममा निधन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

संघीय संसद् भवन अगाडि आत्मदाहको प्रयास गर्ने प्रेमप्रसादको उपचारका क्रममा निधन


११ माघ २०७९, बुधबार


काठमाडौँ । संघीय संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ ।

कीर्तिपुर अस्पतालमा उपचाररत आचार्यको आज बिहान ५ बजे निधन भएको अस्पतालका डा.किरण नकर्मीले बताए ।

उनले भने, ‘क्रिटिकल अवस्था थियो । शरीर ८० प्रतिशत जलेको थियो । ८० प्रतिशत शरीरको हिस्सा जल्नु भनेको एकदमै क्रिटिकल अवस्था हो । उहाँको बिहान ५ बजे निधन भयो ।’

इलाम घर भएका आचार्यले मंगलबार दिउँसो संघीय संसद् भवनअगाडि शरीरमा पेट्रोल हालेर आत्मदाह गरेका थिए । प्रहरीले उद्धार गरी उनलाई अस्पताल पुर्‍याएको थियो ।

आचार्यलाई भेट्न मङ्गलवार साँझ स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की पनि अस्पताल पुगेकी थिइन्।

उनले केही समय आचार्यसँग कुरा पनि गरेकी थिइन् ।

सम्बन्धित समाचार : संसद भवन अगाडि १ जना पुरुषद्धारा आत्मदाह प्रयास

सम्बन्धित समाचार: संसद भवनअगाडि आत्मदाह प्रयास गर्ने पुरुषका २५ माग

Tags :
प्रतिक्रिया दिनुहोस