दीपकराज गिरीलाई बालेनको प्रश्न : बालेनहरु कति जना छन् ? « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

दीपकराज गिरीलाई बालेनको प्रश्न : बालेनहरु कति जना छन् ?


१० माघ २०७९, मंगलबार


काठमाडौँ । अभिनेता दीपकराज गिरीले गृहमन्त्री रवि लामिछाने र काठमाडौँका मेयर बालेन्द्र साह (बालेन) को समर्थन गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्ट्याटसमा उल्टै बालेनले प्रश्न गरेका छन् ।

गिरीले राजनीतिक दलहरुलाई वर्षौँसम्म कुरेको भन्दै रवि बालेनहरुलाई कम्तीमा ५ वर्ष कुरौँ भनेर लेखेका छन् ‘हामीले काँग्रेस, एमाले र माओवादीलाई वर्षौँ विश्वास गर्‍यौँ अब रवि बालेनहरू आएका छन् । उनीहरूलाई कमसेकम ५ वर्ष त विश्वास गरौँ ।’

प्रतिक्रियामा मेयर बालेनले लेखेका छन्, ‘बालेनहरु भनेको कति जना हो ? बालेन जस्तै अरु पनि छन् ? छन् भने किन ५ वर्ष कुर्नु ?’

पछिल्लो समय सामाजिक सञ्जालमा दिएका प्रतिक्रियाका कारणले पनि बालेन विवादमा परेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस