२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गण्डकीको मन्त्रिपरिषद्ले पायो पूर्णता, कसले कुन मन्त्रालय पायो ?

अ+ अ-

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्।

मुख्यमन्त्री नियुक्त भएको १५ दिनपछि अधिकारीले जिम्मेवारी बाँडफाँटसहित मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस २५ गते अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए। सोही दिन एमालेकी सीता सुन्दास, माओवादी केन्द्रका हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरुङलाई मन्त्री नियुक्त गरेका अधिकारीले जिम्मेवारी भने दिएका थिएनन्। गण्डकीमा रहेका १२ वटा मन्त्रालयबाट ७ वटामा झारेका मुख्यमन्त्री अधिकारीले माओवादीलाई २ र एमालेलाई मुख्यमन्त्रीसहित ४ मन्त्रालय राखेका छन्। राप्रपालाई एउटा मन्त्रालय दिएका छन्।

सोही सहमति अनुसार माओवादीबाट रेशम जुग्जाली, एमालेबाट रोशन गाहा मगर र बेदबहादुुर गुरुङ ‘श्याम’ मन्त्री नियुक्त भएका छन्। उनीहरूलाई प्रदेश प्रमुख गुरुङले मङ्गलवार साँझ शपथ खुवाउँदै छन्। मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै मन्त्रीलाई जिम्मेवारी बाँडफाँटमा पनि सहमति जुटेको माओवादी मन्त्री चुमानले बताए।

उनका अनुसार चुमानले भौतिक पूर्वाधार विकास मन्त्रालय, जुग्जालीले उद्योग, पर्यटन, वन तथा वातावरण, राप्रपाका गुरुङले सामाजिक विकास मन्त्रालय, एमालेका रोशन गाहा मगरले आर्थिक मामिला, बेदबहादुर गुरुङले कृषि तथा ऊर्जा र सीता सुन्दासले आन्तरिक मामिला मन्त्रालय पाएका छन्।

मुख्यमन्त्री अधिकारी प्रदेशमा मन्त्रालय घटाउने निर्णय गरेर सोमबार काठमाडौं गएका थिए। काठमाडौंमा सोमबार साँझ एमाले अध्यक्ष केपी ओली र मङ्गलवार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर पोखरा फर्किएका थिए। पोखरा फर्किए लगत्तै मुख्यमन्त्री अधिकारीले मन्त्रिपरिषद्लाई पूर्णता दिनुका साथै मन्त्रालय बाँडफाँट गरेका हुन्। ‘मन्त्रिपरिषद्ले पूर्णता पायो, जिम्मेवारी पनि बाँडफाँट भइसकेको छ,’ उनले भने, ‘अब प्रदेशले गति लिन्छ।’

प्रतिक्रिया दिनुहोस