काठमाडौँ । काठमाडौँको बालाजुस्थित एक गेस्टहाउसमा सैनिक जवान मृत फेला परेका छन् ।
नेपाली सेनामा कार्यरत जवान २५ वर्षीय विनय कार्की झुन्डिएको अवस्थामा फेला परेका हुन् ।
मङ्गलवार उनी मृत फेला परेसँगै अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
पाल्पा घर भएका उनी रसुवा गंगाजल गेस्ट हाउसमा झुन्डिएको अवस्थामा भेटिएका हुन् ।