हेलिकप्टर पाइलटलाई कुटेको आरोपमा ६ जना पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

हेलिकप्टर पाइलटलाई कुटेको आरोपमा ६ जना पक्राउ


१० माघ २०७९, मंगलबार


पक्राउ

काठमाडौँ । स्याङ्जाको वालिङमा प्रभुको हेलिकप्टरका पाइलटलाई कुटेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेलिकप्टर ल्याण्ड गराउने यात्रु विनोद गैह्रे, उज्ज्वल थापा, सुशील गिरी र खिम ब। राना तथा खेल आयोजक यामबहादुर गुरुङ, सुरेश श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमराज थापाले बताए ।

पक्राउ परेका उनीहरूमाथि अभद्र व्यवहार सम्बन्धी कसूरमा मुद्दामा दुई दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

माघ ५ गते स्याङ्जाको वालिङमा फुटबल खेल भइरहेको मैदानमा हेलिकप्टर ल्याण्ड गरेपछि पाइलट र यात्रुमाथि हातपात गरिएको थियो ।

वालिङ नगरपालिका–९ का विनोद गैरे, खिमबहादुर थापा, सुशील गिरी, सुशील थापाले उक्त हेलिकप्टर चार्टर गरेर वालिङ लगेका थिए । उनीहरूले नै मैदानमा हेलिकप्टर उतार्न दबाब दिएपछि पाइलट रानेश डङ्गोलले ल्याण्ड गरेका थिए ।

वालिङ गोल्ड कपको सेमिफाइनलमा एभिनियर एफसी क्यामरुन र वालिङ एफसी जुनियरबीच प्रतिस्पर्धा भइरहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस